नागरिकता विधेयकसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

नागरिकता विधेयकसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गर्दै दायर भएको रिट खारेज गरिदिएको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको अवस्थामा रिट निवेदनको औचित्य नरहने ठहर गर्दै न्यायाधीश अनिल सिन्हाको एकल इजलासले यस्तो निर्णय गरेको हो ।

संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरी हतारमा प्रमाणीकरण गर्न पठाएको अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख छ ।आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गरेका वकिलहरुले नै विधेयक पठाउने प्रतिनिधिसभा नै नरहेको र राष्ट्रपतिले प्रमाणीकरणसमेत नरहेको अवस्थामा स्वतः निष्क्रिय भइसकेकाले रिट खारेजको माग गरेका थिए । राजावादी वकिल भण्डारी रास्ट्रपतिलाई नागरिकता बिधेयक जारी नगर्न शीतल निवास पुगेर सल्लाह दिनेमध्येका हुन् ।

टिप्पणीहरू