दशैंमा काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, समानुपातिक बन्दसूची एकपक्षीय भएको आरोप
नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । समूहको आज बसेको शीर्ष नेताहरुको बैठकले पार्टी केन्द्रीय कार्यालय सानेपामा पर्सिदेखि धर्ना दिने निर्णय गरेको जानकारी दिइएको छ ।
उनीहरुले निर्वाचन आयोगमा दर्ता भएको पार्टीको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएका छन् । उनीहरुले पर्सि मध्याह्न १२ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा धर्ना दिने बताएका छन् । निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार सूचीप्रति रुष्ट भएको शेखर खेमाले आफूहरुको मागबारे नेतृत्वले सुनुवाइ नगरे आगामी निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिइएको छ ।
उनीहरुले पार्टीभित्र प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने अडान अघि सारेका छन् । साथै आगामी फूलपातीको दिनभित्र समानुपातिक बन्दसूची सच्याउन शेखर समूहले माग गरेको छ ।
टिप्पणीहरू