गाँजा तस्करीमा महिला पनि संलग्न, तीन जना पक्राउ
पर्सामा साढे पाँच किलो गाँजासहित तीन जना समातिएका छन् । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकबाट उक्त गाँजासहित दुई महिला र एक पुरुष पक्राउ परेका हुन् ।
बाराको जीतपुरबाट विरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्बरको ट्याम्पो चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाइ राखेको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिए । उनीहरुको साथबाट साढे पाँच किलो गाँजा बरामद भएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका ३५ वर्षीय समोन चेपाङ, मकवानपुर कैलाश गाउँपालिका–८ की ३१ वर्षीया सीतामाया प्रजा र ३० वर्षीया ईन्द्रमाया चेपाङलाई गाजाँसहित नियन्त्रणमा लिइएको हो ।
तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू