प्रधानमन्त्री देउवाको उम्मेदवारी वारिसनामामार्फत्
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसा २ बजे उम्मेदवारी दर्ता गर्ने हुनुभएको छ । हाल काठमाडौंमा रहनुभएका उहाँको मनोनयन दर्ता वारिसनामामार्फत् गरिने बताइएको छ ।
प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणा देउवाले उहाँको तर्फबाट उम्मेदवारी दर्ता गर्न लाग्नुभएको हो । प्रधानमन्त्री प्रतिनिधि सभा सदस्यको निम्ति उम्मेदवार बन्नुभएको यो सातौं पटक हो ।
उहाँ २०४८ देखि डडेलधुराबाट उम्मेदवार र विजयी हुँदै आउनुएको छ । गत २०६४ र २०७० को संविधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवा कञ्चनपुर ४ र कैलाली ६ बाट पनि विजयी हुनुभएको थियो ।
प्रधानमन्त्रीको वारिसनामा बोकेर डा. राणा हिजै साँझ डडेलधुरा पुग्नुभएको हो ।
टिप्पणीहरू