कोमल वलीले लगाइन् स्वयम्बरमा जस्तै दुबोको माला

कोमल वलीले लगाइन् स्वयम्बरमा जस्तै दुबोको माला

प्रख्यात लोक गायिका कोमल वलीले पनि आगामी निर्वाचनको निम्ति उम्मेदवारी दर्ता गरेकी छन् । उनले एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसदको निम्ति उम्मेदवारी दिएकी हुन् ।

केहीबेर अघि मनोनयन दर्ता गर्न जाने क्रममा उनले रातो साडी र दुबोको माला लगाएकी हुन् । रातो चुरा, रातो साडी, रातो ब्लाउज, दुबोको माला र निधारमा रातो अक्षताको टीकाले उनी बेहुली जस्तै देखिएकी निर्वाचन कार्यालयका कर्मचारीको भनाइ छ । तर उनी अहिलेसम्म अविवाहित छन् ।

यसअघि वली राष्ट्रिय सभाकी सांसद थिइन् ।

टिप्पणीहरू