राष्ट्रपति अस्पतालमा हुँदाहुँदै तीन विधेयक प्रमाणित
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेश भएका विभिन्न तीन विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।
उहाँले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार बीमासम्बन्धी कानून,सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
राष्ट्रपति भण्डारी बिरामी परेपछि हिजो बिहानदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ । उहाँ रुघा,खोकी र ज्वरोले ग्रस्त भएपछि अस्पतालको एनेक्स २ बेड नम्बर ६०१ मा भर्ना भएर उपचार गराइरहनु भएको छ ।
टिप्पणीहरू