प्रधानमन्त्रीको उम्मेदवारी खारेज गर्न माग, जन्ममिति दुइथरी भएको दावी
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा दुईथरी जन्ममिति रहेको भन्दै काँग्रेस (विपी)का कर्ण मल्लले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका हुन् ।
देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते र मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको दावी गरिएको छ । देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका मल्लले दुईथरी जन्ममिति रहेकाले देउवाको उम्मेदवारी खारेज गर्न माग गरेका छन् ।
डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल बीपी कांग्रेसका उपसभापति हुन् ।
टिप्पणीहरू