सय दिनभित्र नक्सा पास गर्न विराटनगरकाे ताकेता

सय दिनभित्र नक्सा पास गर्न विराटनगरकाे ताकेता

विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा पास नगरी यसअघि बनाइएका घर तथा भवनको नक्सा पेश गरी स्वीकृत गर्न आग्रह गरेको छ ।

महानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाको एक सय दिनभित्र प्रकिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएको भवनको नक्सा पास गर्न सूसुचित गराउँदै सूचनामा भनिएको छ, ‘नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको यो सूचना प्रकाशित भएको मितिले १०० दिन भित्रमा नक्सा पेश गरी स्वीकृत–नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघ संस्था, संस्थान तथा सरकारी निकायहरुलाई अनुरोध छ ।’

यस्तै, तोकिएको समयभित्र नक्सा पेश नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डसंहिता, कार्यविधिबमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू