सत्ता गठबन्धनको बैठक बोलाइयो
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । बैठक अहिले २ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्न लागेको बैठकमा विशेषगरी बागी उम्मेदवारहरुबारे छलफल गर्न लागिएको हो ।
यसअघि गठबन्धनमा रहेको जनता समाजवादी पार्टी एमाले गठबन्धनमा मिसिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा मिसिएको छ ।
बैठकमा सबै दलका शीर्ष नेता तथा प्रतिनिधिहरुको उपस्थिति हुने बताइएको छ ।
टिप्पणीहरू