धनी हुने रहरले दुई महिलाको बलि

धनी हुने रहरले दुई महिलाको बलि

केरलाको पथनमथिट्टा जिल्लामा धनी हुने लोभमा दुई महिलालाई बलि दिइएको छ । आर्थिक संकट खेपिरहेका भगवल सिंह र सफी उर्फ रसिदले धनी हुने अन्धविश्वासमा मानव बलि दिएका हुन् ।

बीबीसीका अनुसार सफी र भगवल सिंह लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेका थिए । उनीहरुलाई आर्थिक संकटबाट पार पाउन र धनी हुन मानव बलिको सल्लाह दिइएको थियो ।

पाखण्डहरुले दिएको सल्लाहबमोजिम उनीहरुले दुई महिलाको निर्ममतापूर्वक हत्या गरी शवलाई आफ्नै घरमा गाडेका हुन् । द हिन्दूमा प्रकाशित समाचारअनुसार केरला प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान थालेको थियो । त्यसपछि कोच्ची सिटी प्रहरीले सफीसहित भगवल दम्पत्तिलाई आशंकामा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले ती महिलाको बलि दिइएको साविती बयान दिएपछि घटना बाहिरिएको हो । आरोपीले उनीहरुलाई जागिरको प्रलोभनमा हत्या गरेको बताइएको छ ।

टिप्पणीहरू