फर्कियो बंगलादेशी सैन्य टोली

फर्कियो बंगलादेशी सैन्य टोली

नेपाल भ्रमणमा आएको बंगलादेशको सैन्य टोली स्वदेश फर्केको छ । बंगलादेशको मिरपुरमा सञ्चालित सैन्य तालिममा सहभागी शिक्षार्थी अधिकृत तथा फ्याकल्टी मेम्बरहरु आज दिउँसो साढे १२ बजे बिमान बंगलादेशको बीजी ३७२ नम्बर उडानबाट ढाका उडेका हुन् ।

त्यहाँको डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कलेजमा भइरहेको कोर्षमा सहभागी र अन्य गरी ४१ जना गत शनिवार काठमाडौं आएको थियो । नेपाली सेनासँग आदानप्रदान हुँदै आएको उक्त कार्यक्रममा प्रशिक्षार्थी सैनिकहरुले नेपाली सेना र सशस्त्र प्रहरी बलका विभिन्न इकाइको भ्रमण गरेका थिए ।

उनीहरुले पोखरा र राजधानी काठमाडौं आसपासका पर्यटकीय क्षेत्रको समेत भ्रमण गरेको बताइएको छ ।

टिप्पणीहरू