कार्की ब्याङ्क्वेटबाट एमाले अध्यक्षको भण्डाफोर गर्दै भीम रावल
जिल्ला र क्षेत्रबाट सर्वसम्मत सिफारिस हुँदा पनि नेतृत्वबाट टिकट खोसिएका एमाले नेता डा. भीम रावल अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुनुभएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष ओलीका गतिविधिको समग्र चिरफार गर्नुभएको हो ।
रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम–१ बाट टिकट नदिएको दाबी गर्नुभयो । ओली स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै उहाँले तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइएकोमा चर्को आक्रोश व्यक्त गर्नुभयो ।
नेता रावलले झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको,राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नभएको,आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी लगाएको भन्दै तिखो आलोचना गर्नुभयो ।
रावलले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा माथि नै राखेको,एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाएको, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर १ मा सीट छाडेको भन्दै ओलीको कडा आलोचना गर्नुभएको छ ।
रावलको पत्रकार सम्मेलन जारी छ ।
टिप्पणीहरू