उम्मेदवार र दलको खर्च हेर्ने जिम्मा प्रहरीलाई
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरुले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सुक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिइएको छ,’ आयोगले भनेको छ ।
टिप्पणीहरू