आइएमईको दसैँ अफरको पछिल्लो नतिजा सार्वजनिक

आइएमईको दसैँ अफरको पछिल्लो नतिजा सार्वजनिक

दशैं, तिहार, छठ र नेपाल सम्बत्लगायत चाडपर्वका अवसरमा आइएमईले सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पाँचौँ र छैठौँ साताका विजेता सार्वजनिक गरेको छ ।

हिजो पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउएका सेवाग्राहीहरु क्रमशः सान्त्वना धोधरी र जीतमान गोम्बो तामाङ्ग पाँचौं हप्ताको साप्ताहिक विजेता छनोट भएका छन् । त्यसैगरी पदमकुमारी विक र किशोर तामाङ्ग छैठौँ हप्ताको साप्ताहिक विजेता छनोट भएका छन् ।

उनीहरुले ओमान र मलेसियाबाट आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई अफर अवधिमा रकम पठाएका थिए । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ ।

अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार साह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताको दैनिक विजेतामा छनोट भएका छन् ।

उनीहरुले क्रमशः ओमान, कुवेत, मलेसिया, युएई, जापान र भारतबाट आइएमई मार्फत् नेपालमा रहेका आफन्तलाई रकम पठाएका थिए ।

त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताको साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयुक्त राज्य अमेरिकाबाट नेपालमा पैसा पठाएका थिए ।

उनीहरुले एक÷एक थान सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गरेका छन् । अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित छ । अफर २०७९ भदौ १६ गतेदेखि कार्तिक १६ गतेसम्म कूल नौ हप्ता अर्थात ६३ दिन हुने बताइएको छ ।

टिप्पणीहरू