प्रभू साहको टोली एमालेबाट बर्खास्त,इन्चार्जसिप उध्दवलाई
नेकपा एमालेले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका मधेसी नेता प्रभु साहलाई निश्कासनको कारवाही गरेको छ । स्थायी कमिटी सदस्य तथा मधेस सहइन्चार्ज साह पार्टीविरोधी क्रियाकलापमा संलग्न रहेको भन्दै एमालेले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको हो ।
प्रभुसँगै रौतहट जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पनि एमालेबाट निकालिएका छन् । महासचिव शंकर पोखरेलले रौतहटका इञ्चार्ज उपेन्द्र साह र सहइञ्चार्ज कुन्दनप्रसाद कुसवाहलाई पार्टीको सदस्य नरहने गरी कारवाही गरिएको जानकारी गराएका छन् । इञ्चार्ज कारवाहीमा परेपछि एमालेले उद्धव रेग्मीलाई सहइञ्चार्जबाट बढुवा गरेर रिक्तता पूर्ति गरेको छ । त्यसको आधिकारिक पत्र पोखरेलले पठाएका छन् ।
जसपासँग गठबन्धन गर्ने निर्णयको विरोधमा प्रभुले एमालेमा बिद्रोह गरेका थिए । उनले रौतहटमा आफूसहित मधेसका विभिन्न जिल्लामा आफूनिकट नेतालाई स्वतन्त्र उठाएका छन् ।
टिप्पणीहरू