रक्सीले मातेपछि डाक्टरमाथि दुर्व्यवहार

रक्सीले मातेपछि डाक्टरमाथि दुर्व्यवहार

जिल्ला अस्पताल दार्चुलाका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आज दिउँसो मदिरा सेवन गरि अस्पतालभित्र पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।

प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा. जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेपछि डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा उल्टै डाक्टरमाथि दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू