गाडिएका बालबालिकाको शव प्रहरीले निकाल्यो

गाडिएका बालबालिकाको शव प्रहरीले निकाल्यो

दाङमा हत्यापछि गाडिएको अवस्थामा दुई जना बालबालिकाको शव प्रहरीले फेला पारेको छ । तुलसीपुर उपहानगरपालिका १३ को दमारगाउँको जंगलमा स्थानीय दुई बालबालिकाको शव गाडिएको अवस्थामा फेला परेको हो ।

गत बिहीबार साँझ घरबाट निस्केका १५ वर्षे शरद आचार्य र १४ वर्षकी रोशनी महताराको शव आज जंगलमा एकै स्थानमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार घटनाको सुक्ष्म अध्ययन थालिएको छ ।

टिप्पणीहरू