कोरोना संक्रमितभन्दा निको हुने धेरै

कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोनाका ४८ जना नयाँ संक्रमित थपिएका छन् । १७ सय ८३ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

आठ सय १९ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र नौ सय ४६ जनामा गरिएको एन्टीजेन परीक्षणमा छ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५० जना कोरोनामुक्त भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या सात सय २८ पुगेको छ ।

टिप्पणीहरू