भीरमा भालुसँग पदयात्रीको घमासान

भीरमा भालुसँग पदयात्रीको घमासान

यतिखेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । भालुसँग घमासान परेको भिडियो देख्ने जो कोही आश्चर्यचकित हुन्छन् । त्यो पनि पहाडको अनकण्टार भीरमा भएको बताइन्छ ।

पदयात्रीले जोखिम मोलेरै आफू भालुसँग लडेको दृश्य क्यामेरामा कैद गरेका छन् । जापानको एउटा पहाडी क्षेत्रमा पदयात्रा गरिरहेको अवस्थामा ती व्यक्तिमाथि अचानक भालुले हमला गरेको हो । पहाडी भीरमा भालुले आक्रमण गरेपछि पदयात्रीले कराउँदै आफूलाई बचाउन अनेकौं कोशिस गरेको देख्न सकिन्छ ।

एकनासले उक्लिरहेका उनीमाथि आक्रमण गर्न पछाडिबाट अचानक कालो भालु दौडिँदै आएको देखेपछि उनी तर्सिन्छन् । त्यसपछि हातले हिर्काएपछि भालु झाडीमा खस्छ ।

त्यसपछि पनि भालुले पटक पटक हमला गरेको छ । पदयात्रीले मुठ्ठी कसेर भालुलाई हिर्काइरहन्छन् । अति भएपछि उनले भालुलाई लात्ति हान्छन् ।

भालु थप आक्रामक भएको देखिन्छ । पछि अन्य यात्रीसमेत आइपुगेपछि भालु भागेको बताइन्छ । यो भिडियो बेलायतबाट प्रकाशित हुने द टेलिग्राफले युट्युबमा अपलोड गरेको हो ।

https://www.youtube.com/watch?v=K6cr6M29zBE

टिप्पणीहरू