तरलता अभाव र ब्याजदरबारे अर्थमन्त्रालयमा छलफल

तरलता अभाव र ब्याजदरबारे अर्थमन्त्रालयमा छलफल

मुलुकको बैंकिङ क्षेत्रमा देखिएको नगद तरलता अभाव र ब्याजदरबारे अर्थ मन्त्रालयमा छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा उक्त छलफल गरिएको बताइएको छ ।

दिउँसो ३ बजेदेखि गरिएको छलफलमा मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करलगायत झण्डै १० जनाको सहभागिता थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा नगद तरलताको अभाव चुलिएको छ । सँगसँगै बढ्दो ब्याजदरको चर्को आलोचना भएको छ ।

दशैं अघिदेखि लघुवित्त वित्तीय संस्थाको कर्जाको कारण ग्रामीण सर्वसाधारणको बिचल्ली भएको खबर बाहिरिएका छन् ।

टिप्पणीहरू