अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता
काठमाडौँ महानगरपालिकाले बुवाआमा दुवै गुमाएका बालबालिकालाई मासिक भत्ता दिने भएको छ । महानगरले आज एक सूचना जारी गर्दै महानगरभित्र स्थायी ठेगाना भएका र बुवाआमा गुमाएका बालबालिलाई भत्ता दिने बताएको हो ।
महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरूका अभिभावकको मृत्यु भई अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य र पोषणको मासिकवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ । त्यसको लागि कागजातहरुसहित ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानुपर्ने छ ।
‘महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिन भित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,‘ सूचनामा उल्लेख छ ।
टिप्पणीहरू