मधेशीमा मात्र सिमित रहेन छठ पर्व,पहाडेका निम्तिसमेत गर्व

मधेशीमा मात्र सिमित रहेन छठ पर्व,पहाडेका निम्तिसमेत गर्व

तराई-मधेसका धेरै गाउँ र शहरमा आज छठ पर्व धुमधामका साथ मनाइँदा काठमाडौँ उपत्यकामा पनि उस्तै रौनक छाएको छ । काठमाडौँका नदी तथा पोखरीमा देखिएको चहलपहलले छठ अब मधेसी समुदायमा मात्र सीमित रहेन, यो राष्ट्रिय पर्व बन्न पुगेको छ ।

काठमाडौँमा मात्रै १३ वटा नदी तथा पोखरीमा पूजाआजा गरिएको छ । विगत ३१ वर्षदेखि काठमाडौँमा छठ मनाउँदै आएका सतिशकुमार झाका अनुसार थापाथली पुलसँगैको नदी किनारमा मात्रै करिव पाँचसय परिवार पूजामा सहभागी छन् । १५ वर्षअघि त्यही स्थानमा मधेसी समुदायका १० देखि १५ परिवारले पूजाआजा गर्ने गरेको भएता पनि पछिल्ला वर्षहरुमा यहाँका रैथाने नेवार समुदायका श्रेष्ठ,बज्राचार्य, तण्डुकार,कर्मचार्यहरुले पनि छठ मनाउने गरेका छन् ।

थापाथली पुलसँगैको नदी किनारमा मात्रै करिव पाँचसय परिवार पूजामा सहभागी छन् । १५ वर्षअघि त्यही स्थानमा मधेसी समुदायका १० देखि १५ परिवारले पूजाआजा गर्ने गरेको भएता पनि पछिल्ला वर्षहरुमा यहाँका रैथाने नेवार समुदायका श्रेष्ठ,बज्राचार्य, तण्डुकार,कर्मचार्यहरुले पनि छठ मनाउने गरेका छन् । “

यता,तराई-मधेसका जिल्लाहरुमा रहेको पहाडे समुदायले विगतदेखि नै छठ मनाउने गरेको छ । जसमध्येकी हुन् -गीता थापा । वीरगञ्ज स्थायी घर भएकी उनी आज थापाथली नदी किनारमा थिइन् । भनिन्, ‘थुप्रै वर्ष भयो हामीले छठ पर्व मनाउन थालेको, पहिले वीरगञ्जमा मनाइन्थ्यो,अहिले यहाँ पूजा गर्दैछौँ । यो पर्व हाम्रालागि दशैँ, तिहारजस्तै हो, खुशी लागेको छ ।’ उनका अनुसार थापाथलीमा पूजा गर्न आउने पाँच सय घरपरिवारमध्ये आधा जति पहाडी समुदायका छन् ।त्यस्तै, थापाथलीको पूजास्थलमा सहभागी हुन पुगेका सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले छठ पूजाले व्यक्ति,परिवार र समाजलाई सुख,शान्ति र सुस्वास्थ्य प्राप्ति हुने जनविश्वास रहेको बताए । यो पर्वले सामाजिक एकता बढाउने बताउँदै उनले पूजा गर्दा मन आनन्दित भएको अनुभव जनआस्थालाई सुनाए ।

थापाथलीको जस्तै छठको रौनक थियो कमलपोखरीमा पनि । यहाँको पोखरीमा २० वर्षदेखि पूजा आयोजना हुने गरेकोमा यो वर्ष पनि सो क्षेत्रलाई सिङ्गारेर भव्य बनाइएको छ । आयोजकका अनुसार उक्त स्थानमा तीन सयभन्दा बढि परिवारले पूजाघाटमा भाग लिएका छन् । राष्ट्रपति, उपराष्ट्रपति,पर्यटनमन्त्री,काठमाडौँ महानगरका मेयर,उपमेयर,विभिन्न दलका नेताहरु,मारवाडी समुदायका व्यापारीलगायत हजारौं दर्शकको सहभागिता रहेको छ । यहाँको सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ । श्रध्दालु भक्तजनले धुमधामसँग पूजा गरिरहेका छन् । पूजास्थलमा भेटिएका अनिल पोखरेलले तराई-मधेसका साथीहरुसँगै छठ पूजा गर्न पाउँदा हर्षित भएको सुनाए ।

पूजाका संयोजक राजेन्द्र सिंहका अनुसार झण्डै २५ प्रतिशत पहाडे मूलकै परिवारहरुको उपस्थिति रहेको छ । त्यसैगरी, काठमाडौँको रानीपोखरी,गौरीघाट, कर्मनासालगायतका नदी तथा पोखरीहरुमा पनि छठ पूजा गर्ने भक्तजन तथा दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ ।

छठको महत्वलाई आत्मसात गर्दै सरकारले सार्वजनिक बिदा दिएको छ भने नेपाल टेलिकमले कलर रिङटोनमार्फत छठको धुन बजाएर नेपाली-नेपालीबीच सदभाव फैलाउन सहयोग गरेको छ । यसअगाडि देउवा सरकारको पालोमा दुई दिन बिदा दिएको स्मरण गर्दै छठ पर्व पूजा व्यवस्थापन समिति थापाथलीका संयोजक सतिशकुमार झाले प्रधानमन्त्रीसँग भोलि सोमवार पनि विदा थपिदिन आग्रह गरेकोमा सकारात्मक जवाफ पाएको बताए । प्रधानमन्त्री देउवाले यसपटक ढिला जानकारी आएकाले निर्णय गर्न नसकिएको बताउँदै अर्को वर्षदेखि दुई दिन बिदा दिने वचन दिएको उनले बताए ।

‘अस्ति आउनु भएको भए म विदा दिन्थेँ,अर्काे साल अवश्य थपिदिन्छु, मलाई सम्झाउनु होला’, प्रधानमन्त्रीसँगको संवाद उद्धृत गर्दै झाले भने ।

भोलि सोमवार एकाबिहानै सूर्याेदयको पूजा गरी छठ पर्वको समापन हुँदैछ ।

टिप्पणीहरू