दम्पति नै लागूऔषध कारोबारमा सक्रिय
तनहुँमा लागूऔषध कारोबार गर्दै आएका दम्पति समातिएका छन् । ब्यास नगरपालिका–३ का २६ वर्षीय सन्तोष शाही र उनकी श्रीमती २३ वर्षीया रुपकला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाही दम्पति र सोही ठाउँका टेकबहादुर बिकबीच झगडा भएपछि प्रहरीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो । रुपकलाको साथबाट १ सय ४३ ट्याब्लेट नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू