राष्ट्रपति भण्डारी बिहानै मुक्तिनाथ,बुध्द र बिष्णु सङ्गसङ्गै

राष्ट्रपति भण्डारी बिहानै मुक्तिनाथ,बुध्द र बिष्णु सङ्गसङ्गै

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ पुग्नुभएको छ । उहाँले मुक्तिनाथ दर्शनसँगै भगवान बुध्दको मूर्ति अनावरण र भगवान विष्णुको मूर्ति शिलान्यास गर्नुभएको छ ।

बिहान ८ बजेर ५० मीनेटको साइतमा बुध्दमूर्तिको अनावरण गर्नुभएको हाे ।

उहाँ यसअघि आजै काठमाडौंबाट मुक्तिनाथ पुग्नुभएको थियो । बिहान नेपाली सेनाको हेलिकप्टर एनए ०५८ अगुस्ताबाट राष्ट्रपति त्यहाँ जानुभएको हो । बिहान पौने ७ बजेको समयमा उहाँ शीतल निवास सामुन्ने भैरवनाथ गणको हेलिप्याडबाट मुक्तिनाथको लागि प्रस्थान गर्नुभएको बताइएको छ ।

मुक्तिनाथको कार्यक्रमपछि राष्ट्रपति जोमसोम हुँदै राजधानी फर्कने भ्रमण तालिका छ ।

टिप्पणीहरू