यस्तो छ, काठमाडौं १० मा एमालेको घरदैलो कार्यक्रम
आजदेखि राजनीतिक दल र उम्मेदवारहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित जुलुस,आमसभा र कोणसभा गर्न थालेका छन् । नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर १० मा निर्वाचनलाई लक्षित गर्दै आजबाट घरदैलो कार्यक्रम थालिएको छ ।
निर्वाचन परिचालन कमिटीका अनुसार पहिलो दिन आज साँझदेखि चार दिनसम्म कीर्तिपुर नगरपालिकाभित्र घरदैलो कार्यक्रम राखिएको छ । कमिटीले भोलि बिहानदेखि दक्षिणकाली नगरपालिकाका विभिन्न वडामा पाँच दिनसम्म त्यस्तै कार्यक्रम गर्ने बताएको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिकामा पनि पर्सि बिहानदेखि पाँच दिनसम्म घरदैलो कार्यक्रम निरन्तर रहने एमालेको कार्यक्रम छ ।
टिप्पणीहरू