निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने मन्त्री चौधरीको दाबी
दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले गठबन्धनले बहुमतका साथ चुनाव जित्ने दाबी गर्नुभएको छ ।
हिजो देउखुरीमा आयोजित चुनावी सभामा बोल्दै मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भन्नुभयो, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानीका साथ निर्माण गरेको संविधानको रक्षा नै गठबन्धनको पहिलो शर्त हो ।’
संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत् विकास निर्माणको अगुवाइ गर्ने आफूहरुको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । जनताको चाहना पनि यहि रहेको र पाँच दल एक ढिक्का भएकाले बहुमत आउने उहाँको विश्वास छ । मन्त्री चौधरीले भन्नुभयो, ‘प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । त्यसकारण पनि गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’
टिप्पणीहरू