दुईटा नागरिकता र राहदानीसहित अमेरिका जान लाग्दा..

दुईटा नागरिकता र राहदानीसहित अमेरिका जान लाग्दा..

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईटा नागरिकता र राहदानीसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

उदयपुरको बेलका नगरपालिका ७ घर भएका अशोक राई भन्ने ओमबहादुर राईलाई प्रहरीले अस्ति समातेको हो ।

दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेको सुराकीका आधारमा कार्यालयको विशेष टोलीले अमेरिकी दूतावाससंग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा टोलीले अस्ति काठमाडौं महानगरपालिका ३ स्थित दूतावास नजिकबाट राईलाई दुई वटा नागरिकता र राहदानीसहित रंगेहात समातेको हो ।

उनलाई नागरिकता ऐन र राहदानी ऐनसम्बन्धी कसुरअन्तर्गत आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू