सगरमाथा क्षेत्रको उच्च भागमा हिमचितुवा
सगरमाथा क्षेत्रको उच्च भागमा हिमचितुवाको फोटो खिचिएको छ । अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सो क्षेत्रको उच्च भूभागमा हिमचितुवा देखेर फोटो खिचेकी थिइन् ।
अमेरिकी दूतावासले दिएको जानकारीअनुसार उक्त दृश्य सो क्षेत्रको ५ हजार मीटर अग्लो स्थानमा खिचिएको हो । जलवायु परिवर्तनको असरस्वरुप तापक्रम बढ्दै गएपछि हिमचितुवाहरु पनि अग्लो स्थानमा जान थालेका छन् ।



फोटो स्रोत : कितिया पावलोभ्स्की/अमेरिका
टिप्पणीहरू