जापानमा नेपाली राजदूतको पालो ३ महिनापछि
जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले आज ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । उनले टोक्योस्थित राजप्रासादमा आयोजित कार्यक्रममा ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
उनले टोक्यो पुगेको ९० दिनपछि मात्र उक्त अवसर पाए । उनी गत साउन १८ गते मध्यरात काठमाडौंबाट नारिता हुँदै टोक्यो पुगेका थिए । त्यसअघि आफैँले आफैंलाई बधाई तथा शुभकामना कार्यक्रम राखेर नयाँ बानेश्वरको एउटा पार्टी प्यालेसमा रात्रिभोज गरेका थिए ।
राजदूत सिफारिसलगत्तै उनले दरबारमार्गमा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई बोलाएर चलचित्र हेर्दै डिनर खाने कार्यक्रमको आयोजना गरेका थिए । ती सबै कार्यक्रममा लेखिएको निम्तोमा उनले परराष्ट्र मन्त्रालयको उनको पद,ठेगाना र सरकारी छाप प्रयोग गरेका थिए ।
यसअघि उनी सोही दूतावासमा डेपुटी चिफ अफ मिसन हुँदा देखाएको गैरकूटनीतिक व्यवहारलगायतका कारण जापानले लामो समय कुराएर मात्रै ओहोदाको प्रमाणपत्र बुझाउन आज समय दिएको हो ।
टिप्पणीहरू