घोषणापत्रहरू

घोषणापत्रहरू

सबैजसो राजनीतिक पार्टीले चुनावी घोषणापत्र जारी गरिसकेका छन् । भन्नुको अर्थ जनतालाई झुक्याउने खेल शुरु भइसकेको छ । घोषणापत्र त सबैले पढ्नुभयो होला नि ! पूरा हुने कुनै कुरा छैन । राजनीतिक दलका घोषणापत्रहरू यसरी आएका छन् मानौं ती सबैले कुनै निबन्ध प्रतियोगितामा भाग लिँदै छन् । एकसेएक राम्रा निबन्धहरू छन् । निबन्धको विषयचाहिँ उही हो, म प्रधानमन्त्री भएँ भने ।

म प्रधानमन्त्री भएँ भने यसो गर्छु, उसो गर्छु । निबन्ध लेख्दा गर्नु केही पनि पर्दैन । खालि लेख्ने हो । विद्यार्थीको काम लेख्ने हो । राम्रो राम्रो कल्पना गर्ने, अनि लेख्ने । जस्तो बागमती सफा गरेर जहाज चलाउने, धरहरालाई रकेट बनाएर चन्द्रमामा उडाउने, नेपालको पूरा सिमाना घुम्ने गरी रेल चलाउने, सरकारी कार्यालयमा जाँदा पैसा दिने होइन लिने व्यवस्था गर्ने, घरमा तातो र चिसो दुवै पानी आउने व्यवस्था गर्ने, चन्द्रमामा नेपाली अन्तरिक्ष यात्री पठाएर सुन बाली लगाउने आदि आदि … । आखिर कल्पना न गर्ने हो ! कल्पना गरेर कसको के बिग्रन्छ र ? होइन त ?

टिप्पणीहरू