सहकारी संस्थाहरुको साधारण सभामा रोक

सहकारी संस्थाहरुको साधारण सभामा रोक

बागमती प्रदेशभित्र सञ्चालित सहकारी संस्थाहरुले निर्वाचन सम्पन्न नभएसम्म साधारण सभा गर्न नपाउने भएका छन् । प्रदेशको भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर ४ गतेसम्म कुनै पनि साधारण सभा नगर्न–नगराउन सम्पूर्ण सहकारी संस्थालाई निर्देशन दिएको छ ।

सहकारीहरुले साधारण सभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरुलाई आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ–संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन आएकाले सो कार्यबाट निर्वाचन आaचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले आगामी मंसिर ४ गतेसम्म कुनै पनि साधारण सभा नगर्न, नगराउनुहुन सबै सहकारी संघ–संस्थाहरुलाई यो सूचना जारी गरिएको छ ।’

टिप्पणीहरू