रोकिराखेको बसमा मध्यरातमा आगजनी, लगत्तै खरानी

रोकिराखेको बसमा मध्यरातमा आगजनी, लगत्तै खरानी

दोलखामा रोकिराखेको बसमा आगजनी गरिएको छ । सिंगटीबाट यात्रु लिएर झ्याँकु पुगेको रोलवालिङ यातायातको बा.३ ख ५९७० नम्बरको बसमा पार्किङ गरिएको ठाउँमा आगजनी गरिएको बताइन्छ ।

‘गएराति साढे १० बजेको समयमा अज्ञात समूहले बसमा आगो झोसेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयल, दोलखाले भन्यो । पछि घटनास्थल पुगेका प्रहरीले पूरै गाडी जलिसकेको अवस्थामा फेला पारेका थिए ।

बसमा कसले, किन र कसरी आगलागी गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू