चौधरीज्यू,लगानी बोर्ड,धितोपत्र बोर्डजस्तै हो क्यारमबोर्ड ?

चौधरीज्यू,लगानी बोर्ड,धितोपत्र बोर्डजस्तै हो क्यारमबोर्ड ?

डलर अर्बपति विनोद चौधरीले चुनावी प्रचारको क्रममा क्यारेम बोर्ड खेलेको फोटो सार्वजनिक गरेका छन् । उनले दिनहुँ स्थानीयको पीर मर्कासँग नजिक रहेको भन्दै फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन् ।

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उठेका चौधरीले आज बर्दघाटमा ‘क्यारमबोर्ड खेल्ने अवसर प्राप्त भएको’ उल्लेख गरेका हुन् । घरदैलोका क्रममा युवा साथीहरुसँग क्यारेमबोर्ड खेल्ने अवसर प्राप्त भएकोमा खुशियाली प्रकट गर्दै लेख्छन्,‘युवा साथीहरुको साथ र उत्साहले मलाई नयाँ ऊर्जा प्राप्त भएको छ ।’ सामान्यतयाः दिउँसो बजारमा क्यारमबोर्ड खेल्ने युवा भनेका बेरोजगार हुन् । उनीहरु रोजगार थिए भने यसरी खेल्ने अवसर पाउँदैन थिए । बिदाको दिन साथीभाइले रमाइलोको निम्ति खेल्नु बेग्लै प्रसंग हो । आज बिदाको दिन पनि होइन । बिहानै क्यारमबोर्डमा नारिएका बेरोजगार युवाले उनलाई कस्तो ‘उत्साह’ दिए त्यो भने अचम्म छ ।

पूर्वी नवलपरासीमा रहेको चौधरीग्राम, पाल्पास्थित सीजी सिमेन्ट्स,सैंबुको वाइवाई कारखानालगायत उनका दर्जनौं कम्पनीमा हजारौं भारतीयलाई रोजगारी दिइएको छ । चौधरी ग्रुपको हेडअफिस ललितपुर,सानेपामा पनि दुई तिहाई कर्मचारी भारतीय छन् । एकाध सुरक्षागार्ड,प्रेस संयोजकबाहेक अरु सबै पारीका हुन् ।

तर,भोट माग्नैको निम्ति उनले स्थानीय युवा र गरिब सर्वसाधारणसँग विभिन्न साइनो गाँसेको देखेपछि ‘खुल्ला ठाउँमा आची गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेझैँ भएको छ । कर, राजस्व, सेयर किनबेच, व्यापारलगायत विभिन्न कार्यमा विवादास्पद छवि बनाएका उनले लगानीबोर्ड,धितोपत्र बोर्डझैँ आज नवलपरासीमा क्यारमबोर्डलाई पनि आफ्नो पक्षमा पार्ने प्रयास गरेका हुन् ।

टिप्पणीहरू