एमाले अध्यक्षसङ्ग जब १० थान खैंजडी,मादल र गितार मागियो
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चुनावी प्रचार सामाग्रीको माग गर्दै फेहरिस्त बुझाइएको छ । कमिटी वा जनवर्गीय संगठनका जिम्मेवारहरुले चुनावमा प्रचार गर्न आवश्यक बाजागाजाको माग फाराम बुझाएपछि अध्यक्ष ओलीले आश्चर्य प्रकट गर्दै फेहरिस्त पढ्नुभएको भिडियो सार्वजनिक भएको छ ।
हिजोदेखि झापामा रहनुभएका उहाँलाई सम्भवतःत्यहीँका कमरेडहरुले ती सामाग्री माग गरेको हुनसक्ने स्रोतले बतायो । विवरण पढ्दै गर्दा पत्नी राधिका शाक्यको स्वर पनि सुनिन्छ ।
मागिएको प्रचार सामग्रीमा गितार १० थान,मादल १० थान, मेरिका १० थान,खैंजडी १० थान,तबला सेट १० थान र डिजे सेट १० थान भनिएको छ । ती सबै अध्यक्षले पढेर सुनाउनुभएको हो ।
उहाँसँगै रहेका एक जनाले १० थान डिजे सेट किन चाहियो भनेका छन् भने पत्नी राधिकाले आफूहरुले त्यो नदेखेको भन्नुभएको छ । तर उहाँले नदेखेको भन्ने कुरो केलाई हो इंगित गर्नुभएको स्पष्ट छैन ।
टिप्पणीहरू