विरोध खतिवडाको आग्रहपछि हिरासतमा रहेका खड्का छुटे

विरोध खतिवडाको आग्रहपछि हिरासतमा रहेका खड्का छुटे

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रहेका विरोध खतिवडाले आफूमाथि दुव्र्यवहार प्रयास गर्नेलाई कुनै कारवाही नगरी छाडिदिन अनुरोध गरेका छन् । खतिवडाको आग्रहपछि मकवानपुर प्रहरीले हेटौंडा २ का पुरुषोत्तम खड्कालाई आज छाडिदिएको छ ।

पूर्व स्वाथ्य तथा जनसख्यामन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा सहभागी भएको बेलामा मादक पदार्थ सेवन गरेका खड्काले दुर्व्यवहारको प्रयास गरेको बताइन्छ ।

दुर्व्यवहारको प्रयासपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदावार खतिवडाले मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन् । खतिवडाको आग्रहबमोजिम खड्कालाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

टिप्पणीहरू