नेपाल र भारतका सुरक्षा अधिकारीहरु नेपालगञ्जको होटलमा
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे नेपालगञ्जमा छलफल भएको छ । सो विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक डाकिएको हो । चुनावको समयमा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न सुरक्षा अधिकारीहरु भेला भएको बताइन्छ ।
बैठकमा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु सहभागी छन् । भारतीय सीमावर्ती जिल्लाहरु बहराइच र श्रावस्तीका डिष्ट्रिक मेजिष्टेड (डिएम), प्रहरी प्रमुख र एसएसबीका उच्च अधिकारीहरु पनि सहभागी छन् ।
उनीहरुबीच चुनावको समयमा गरिने सीमा क्षेत्रको प्रभावकारी सुरक्षा व्यवस्था, ७२ घण्टा अगाडि सीमा बन्द, लागुऔषध नियन्त्रण, साना हतियार, विस्फोटक पदार्थको ओसारपसार, चेलिबेटी बेचबिखनलगायत विषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू