महाराजगञ्जमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । महाराजगञ्जस्थित चक्रपथको नारायणगोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीया कल्पना रानामगर रहेको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनास्थलबाट ना. ८ ख.१८४१ का ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू