बिनोद चौधरीलाई चुनाव जिताउन पुगे सरकारी ओहोदाका भुवन केसी,निर्वाचन आयोग रमिते

बिनोद चौधरीलाई चुनाव जिताउन पुगे सरकारी ओहोदाका भुवन केसी,निर्वाचन आयोग रमिते

डलर अर्बपति तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार विनोद चौधरीको चुनावी सभामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी सहभागी भएका छन् ।

आज नवलपरासीको बेलटारी,प्रतापपुरमा चौधरीले अयोजना गरेको आमसभामा केसी मञ्चमा बसेका थिए । उनले पछि सर्वसाधारणलाई सम्बोधन गरेर चौधरीको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरे ।सरकारी कर्मचारी तथा ओहोदामा बसेका कर्मचारी तथा पदाधिकारीले निर्वाचनमा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आचारसंंहितामा उल्लेख छ । उनी सरकारी बोर्डका अध्यक्ष हुन् ।

टिप्पणीहरू