पत्रकार सरोजराज अधिकारीद्वारा होटलमा झुण्डिएर आत्महत्या

पत्रकार सरोजराज अधिकारीद्वारा होटलमा झुण्डिएर आत्महत्या

“चक्रब्युहमा चन्द्रसूर्य” का लेखक तथा पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धारास्थित एक होटेलमा झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । सोमबारदेखि सम्पर्कविहीन रहेका उनी आज सिद्धार्थ होटेलको कोठामा मृत भेटिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार परिवारको निवेदन परेपछि खोजी गरिएको थियो । प्रहरीले गरेको खोजीमा अधिकारी उक्त होटेलको कोठा नम्बर ५०२ मा मृत भेटिएका हुन् ।

पत्रकारितासँगै उनको पुस्तक लेखनमा रुची थियो । मदिरा र सूर्ति खाँदा हात काम्ने अवस्था झेल्दै गरेका अधिकारीले आत्महत्या गरेको प्रहरीको दावी छ । उनले कान्तिपुर र नेपाल लाइभमा सम्बध्दता जनाएका थिए ।

टिप्पणीहरू