बेलायती राजा चार्ल्समाथि कुखुराको फुल प्रहार

बेलायती राजा चार्ल्समाथि कुखुराको फुल प्रहार

बेलायती राजा चार्ल्स तृतीय र रानी कन्सोर्ट क्यामिलामाथि कुखुराको फुल (अण्डा) हान्ने प्रयास भएको छ । उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा राजा र रानीलाई अण्डाले हिर्काउने प्रयास गरिएको बताइएको छ ।

७३ वर्षीय राजा र ७५ वर्षीया रानीमाथि योर्कमा हिँडिरहेको बेलामा तीनवटा अण्डा फालिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । हातमा कुखुराको फुल लिएका ती व्यक्तिले चार्ल्सआफ्नो राजा नभएको उल्लेख गर्दै प्रहार गरेका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको बताइन्छ । ती व्यक्तिले बेलायत दासहरुको रगतमा बनेको गम्भीर आरोप लगाएका छन् ।

राजसंस्था समर्थकहरुले भने राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार योर्क शहरमा पहिलो पटक पुगेको हो ।

अघिल्लो दिन राजा चार्ल्सले दासप्रथाबारे बेलायतको भूमिका विषयक एक कार्यक्रमलाई सम्बोधन गर्दै सो विषयमा खुला बहस चलाउन आफू तयार रहेको बताउनुभएको एएफपीले जनाएको छ ।

टिप्पणीहरू