विप्लवका दर्जनौं नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई आज बिहान पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभएको छ ।
आफ्नो पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने अध्यक्ष नेपालले बताउनुभएको छ । उहाँले आसन्न निर्वाचन लक्षित कार्यक्रममा खट्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी तुल्याउन निर्देशन दिनुभएको छ ।
आज एकीकृत समाजवादी पार्टी प्रवेश गरेकामा चन्द नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कालगायत हुन् । पार्टी प्रवेश गरेकाहरुको तर्फबाट बोल्दै लामाले कम्युनिष्ट पार्टीको रक्षार्थ पुनःएकीकरण कार्य एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निश्कर्ष निकाले आफूहरुले पछिल्लो निर्णय गरेको बताएका छन् ।

टिप्पणीहरू