दोलखाका २१ जना र रामेछापका ५७ जना कैदीबन्दीले मतदान गर्ने

दोलखाका २१ जना र रामेछापका ५७ जना कैदीबन्दीले मतदान गर्ने

दोलखा जिल्लामा विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा र आरोप पुष्टि भएर जेल जीवन बिताउँदै आएका २१ कैदीबन्दीले आगामी आमनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

मुख्य निर्वाचन कार्यालय दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलका अनुसार कारागारका कैदीमध्ये मतदाता नामावलीमा नाम भएका २१ जनाले कारागार परिसरबाटै मतदान गर्न पाउनेछन् । त्यस्तै, निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहकाअनुसार रामेछापमा पनि आगामी निर्वाचनमा ५७ जना कैदीबन्दीले मतदान गर्नेछन् ।

आयोगले मतदाता नामावली संकलन गरेर अस्थायी मतदान केन्द्र खडा गरी कैदीबन्दीको मताधिकारको प्रयोग गर्ने व्यवस्था गरेपछि उनीहरुले मतदान गर्ने अवस्था सुनिश्चित भएको हो ।

टिप्पणीहरू