अमेरिकी राष्ट्रपतिले सोमबार चिनियाँ राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपतिले सोमबार चिनियाँ राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने मिति तय भएको छ । दुई राष्ट्रपतिबीच इण्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ ।

केही महिनाअघि अमेरिकी सभामुखले चीनको आग्रहलाई लत्याउँदै ताइवानको भ्रमण गरेपछि बढेको तिक्ततापछि दुई मुलुकबीच उच्चस्तरीय सम्वाद अवरुद्ध भएको छ । अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको बताइएको छ ।

भेटमा दुई मुलुकबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय परिस्थिति र साझा चासोका विषयमा छलफल गरिने ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू