रक्सौल नाका र सीमाना बन्द गर्नेबारे वीरगञ्जमा छलफल
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सीमा सुरक्षाबारे छलफल गर्न नेपाल र भारतका सीमानामा खटिएका सुरक्षा अधिकारीहरुबीच भेटवार्ता भएको छ । उनीहरुले हिजो वीरगञ्जमा व्यापक छलफल गरेको बताइएको छ ।
वीरगञ्जको वडा प्रहरी कार्यालय बिर्तामा भएको छलफलमा सीमा नाकाहरूको सुरक्षालगायत आगामी चुनावको सुरक्षाबारेमा दुबै मुलुकका प्रहरीहरू संगठनहरुबीच सहयोग आदान–प्रदान, सीमामा हुने अपराध नियन्त्रणको विषयमा छलफल र सहमति भएको जानकारी दिइएको छ ।
छलफलमा नेपालबाट वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल र रक्सौल प्रहरी कार्यालयका सब डिभिजनल पुलिस अफिसर चन्द्रप्रकाशको टोली सहभागी भएको हो ।
टिप्पणीहरू