कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ३९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो ।

सात सय ३१ जनामा गरिएको पीसीआर परीक्षणमा नौ जना र छ सय आठ जनामा गरिएको एन्टीजेन परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २६ जना कोरोनामुक्त भएका छन् ।

आज थपिएका संक्रमितसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच सय ४६ पुगेको छ ।

टिप्पणीहरू