ललितपुरको मन्दिरमा माओवादी विरोधी पम्पलेट

ललितपुरको मन्दिरमा माओवादी विरोधी पम्पलेट

ललितपुरको एउटा मन्दिरमा सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रविरोधी हस्तलिखित पम्प्लेट टाँसिएको छ । ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मी मन्दिरभित्र रातो मसीले लेखिएको पम्पलेट भित्तोमा टाँसिएको अवस्थामा फेला परेको बताइन्छ ।

‘आज बिहान ११ बजेको समयमा महालक्ष्मी मन्दिरभित्र माओवादी विरोधी पम्प्लेट टाँसिएको अवस्थामा फेला परेको हो,’ एक जना स्थानीयले भने । रातो मसीले सेतो कागजमा हातले ‘१७ हजार मार्नेलाई भोट कसरी दिने ’, ‘ज्यानमारालाई भोट कसरी दिने’ भनेर लेखिएका दुई पम्प्लेट टाँसिएको थियो ।

माओवादीका स्थानीय नेता तथा कार्यकताले उक्त कार्य विपक्षी एमालेले चुनावमा गठबन्धनका उम्मेदवारको विरोधमा फैलाइएको हल्ला भएको बताएका छन् । उनीहरुले एमालेले आफ्नो पक्षमा माहौल बनाउन काँग्रेस मतदाताहरुलाई भड्काउन उक्त हर्कत गरेको आरोप लगाएका छन् ।

टिप्पणीहरू