एमाले अध्यक्षलाई धरानका मेयरको तीखो प्रहार

एमाले अध्यक्षलाई धरानका मेयरको तीखो प्रहार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शमा ओलीलाई जवाफ फर्काएका छन् । आज चुनावी प्रचारप्रसारको लागि धरान पुग्नुभएका अध्यक्ष ओलीले कोशीको पानी तानेर एमालेले डाँडामा ल्याउने दाबी गर्नुभएको थियो ।

धरानमा पानीको विकराल समस्या भएको तर मेयर छान्ने बेलामा धराने जनताले आँखा नदेखेको भन्ने टिप्पणी गरेपछि मेयरले कडा जवाफ फर्काएका हुन् ।अध्यक्ष ओलीको टिप्पणीको जवाफमा मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेरे एमाले अध्यक्षलाई ‘हाउडे’ को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुर्याएर पानीजहाजमा नेपालीलाई सयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’

टिप्पणीहरू