बीपीकी नातिनीले भनिन् ‘बीपी विचार बोकेकाले राप्रपालाई रोजेकी हुँ’
चर्चित अभिनेत्री मनिषा कोइरालाले काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावीसभालाई सम्बोधन गरेकी छन् । आज वसन्तपुरमा आयोजित सो पार्टीको आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको चुनावी सभामा उपस्थित भएर उनले राप्रपालाई जिताउन आह्वान गरेकी हुन् ।
नेपाली काँग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालाले आफू पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको भाषण सुनेर मुग्ध भएको बताइन् । चुनावी सभामा बोल्दै उनले भनिन्, ‘बीपी विचार बोकेकाले राप्रपालाई रोजेकी हुँ ।’ अन्य पार्टीले उक्त विचार बिर्सिएको भन्दै दुःखेसो पोखेकी छन् ।
साथै, लिङदेनको रुपमा नेपालले असल नेतृत्व पाएको उनको भनाइ छ । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनुसरह भएको’ भन्ने लिङदेनको भनाइले आफू प्रभावित भएको उल्लेख गर्दै उनले देश विकासका लागि राजसंस्था र बहुदलीय व्यवस्था एक हुनुपर्ने बताइन् ।
टिप्पणीहरू