भेंडा चराउन गएका पेमा फर्केनन्

भेंडा चराउन गएका पेमा फर्केनन्

मुस्ताङमा भीरबाट लडेर एक अधवैंशे पुरुषको ज्यान गएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा बस्ने ४० वर्षीय पेमा घ्याउको निधन भएको बताइएको छ ।

उनी बाटक भीरबाट झण्डै एक सय मिटर तल खसेपछि गम्भीर घाइते भएका थिए । उपचारको निम्ति चराङ स्वास्थ्य चौकी मुस्ताङ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

टिप्पणीहरू