राष्ट्रपति भण्डारी स्वदेश आइपुग्नुभयो
राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ ।
राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उच्च सरकारी अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पुग्नुभएको थियो ।
राष्ट्रपति भण्डारी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ सम्मेलनमा सहभागी भएर आज फर्कनुभएको हो । उहाँ सोमबार डेढ दर्जनको संख्यामा रहेका नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आइसल्याण्ड जानुभएको थियो ।
उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहा हुँदै काठमाडौं आउनुभएको हो ।
टिप्पणीहरू